बैतडी- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ उद्घाटन गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका हुन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको ओलीको जिकिर थियो। राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो।
यात्राका क्रममा एमालेले मध्यपहाडी क्षेत्रका भूभागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सिप विकासको अध्ययनबारे जनतासँग संवाद गर्ने बताएको छ। मध्य पहाडी राजमार्गले छुने २६ वटा जिल्लाको करिब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दै छ। यात्रा चिवा भञ्ज्याङ पुगेर सकिने छ।
यात्राको प्रतीक मानिएको राष्ट्रिय झण्डा प्रदेश इन्चार्जलाई हस्तान्तरण गर्दै अघि बढ्ने एमालेले जनाएको छ। एमाले अध्यक्ष ओलीले अभियानको उद्घाटनपछि नेपालको राष्ट्रिय झन्डा र पार्टीको झन्डा पार्टीका सूदुरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्मालाई हस्तान्तरण गरेका थिए। उक्त झढ्डालाई पूर्वको चिवा भञ्ज्याङमा पुर्याइने एमालेको भनाइ छ।
अध्यक्ष ओलीले हस्तान्तरण गरेको झन्डा कर्णाली प्रदेशको राकम कर्णालीमा पुगेर कर्णाली प्रदेशका इन्चार्जलाई हस्तान्तरण हुने र रुकुमकोटमा गण्डकी प्रदेशलाई हस्तान्तरण गर्दै कोशी प्रदेशले चिवा भन्ज्याङ पुर्याउनेछ।
पुस १ गते पाँचथरको चिवा भन्ज्याङ पुग्ने संकल्पयात्रा सोही दिन फिदिम आउने छ। भोलिपल्ट एमालेको टोली काठमाडौँ फर्किएर पुस ५ गते औपचारिक रूपमा यात्रा समापनको घोषणा गरिने एमालेले जानकारी दिएको छ।
यस्तो छ १९ दिने तालिका


