काठमाडौँ- मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो १ बजे गढी गाउँपालिका-२ धवाडीपुलमा सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा मकवानपुर जिल्ला गढी गाउँपालिका-२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनका ५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङ्तान गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेका उनलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको डिएसपी भण्डारीले बताए।


