काठमाडौँ- काठमाडौंको हाँडीगाउँमा आज गहना खोज्ने जात्रा सम्पन्न भएको छ। गहनापोखरीमा टुँडालदेवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर गहना खोज्ने गरिन्छ।
टुँडालदेवी खटजात्राबारे किंवदन्तिअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा पोडेसँग प्रेम सम्बन्ध रहेको थाहा पाइछन्। भाटभटेनीले टुँडालदेवी पोडेसँग घुम्न हिँडेको पनि देखिछन्। आमाको प्रेमसम्बन्ध पोडेसँग भएको थाहा पाएपछि छोरी भाटभटेनी रिसाइछन्।
यसरी रिसाएकी भाटभटेनी राति नै घर फर्किछन्। रातको समयमा फर्कँदा भाटभटेनीका गहना हराएछन्। तिनै गहना प्रत्येक वर्ष यसरी नै खोज्ने गरिएको भनाइ छ।
बलि दिइएको राँगाको रगतले नुहाएका (पोडे)लाई शिरमा राखी टुँडालदेवीको गहना खोज्ने परम्परा जात्रामा छ। यो जात्रा चैत्रशुक्ल प्रतिपदाका दिन मनाउने गरिन्छ।










