वीरगञ्ज– आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।
गैरकानुनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो।
‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै उनले वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीसँग मासिक रुपमा रकम उठाइरहेको सूचना प्रहरीमा पुगेको थियो।
यसपछि वीरगञ्ज प्रहरीले कोइरीलाई पक्राउ गरेको हो।


