काठमाडौँ – नेकपा (एस)को सचिवालय बैठक सोमबार बोलाइएको छ । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले नेताहरूको अपानी जिम्मेवारी हेरफेर, पार्टी महाधिवेशनको नयाँ मिति, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रमुख खतिवडाका अनुसार आगामी माघ महिनामा महाधिवेशन आयोजना गर्ने तय भए पनि राष्ट्रियसभा निर्वाचनका कारण नयाँ मिति टुंगो लगाउनुपर्ने अवस्था आएकोले त्यसबारे छलफल हुने छ।
नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनसमेत आन्तरिक विवाद समाधान, पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल हुने उनले जानकारी दिए ।


