काठमाडौँ – साढे ३ वर्षपछि रूकुम पश्चिमका नवराज बिकसहित ६ जनाको हत्या भएको मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छ । रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको हो ।
आइतबार पहिलो दिन पीडित पक्षका तर्फबाट सरकारी वकिल र ९ जना कानुन व्यवसायीले बहस गरेका छन् । वादीतर्फ जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिँजालीको नेतृत्वमा ४ जना सरकारी वकिलले बहस गर्दै छन् भने पीडिततर्फ बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १२ जनाले नाम टिपाएका छन् ।
त्यस्तै, प्रतिवादीतर्फ ८ जना वकिलले बहस गर्ने अदालतले जनाएको छ । दुवै पक्षको बहस सुनिसकेपछि मुद्दामा थप जाँचबुझ वा बुझ्नुपर्ने विषय नभए यही सुनुवाइबाट फैसला आउन सक्ने अदालतले जनाएको छ ।


