२०८३ कार्तिक १५ गते शनिवार

टिकटक बन्दप्रति प्रधानमन्त्रीको ब्रिफिङ, एनसेल सेयरबारे भने- अध्ययन गर्न भनेको छु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १८
editors_meeting
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार समसामयिक विषयमा राजधानीका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दै। सम्पादकहरुले सरकारले गरेका कामकरबाहीहरुमा सुझावसहित आ–आफ्ना धारणा राखेका थिए। तस्बिर: प्रदीपराज वन्त/रासस

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक बन्द गर्नुको कारणबारे सम्पादकहरुलाई ब्रिफिङ गरेका छन्। सिंहदबारमा सोमबार सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्रीले ब्रिफिङ सुनाएका हुन्।

‘मेरै घरमा नातिनातिनाले जतिखेर नि टिकटक हेर्ने, अनि राति उठेर पनि टिकटक हेरेर दिक्कवाक्क लगाएका थिए। मैले कुरा सुन्दा अरूको पनि त्यस्तै हालत रहेछ,’ उनको भनाइ थियो।

प्रमुख दलहरूको बैठकमा प्राय: सधैं सबै नेताहरूले टिकटकले गर्दा समाजमा धेरै समस्या र विकृति आएको भन्दै यसलाई बन्द गर्नुपर्ने सुझाउँदै आएको प्रधानमन्त्रीको जिकिर थियो।

‘बैठक बस्यो कि प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीजीले त किन ढिलो गरेको टिकटक बन्द गर्न? देश त यसले खत्तम गर्न लाग्यो भनेको भन्यै गर्नुभयो’, प्रधानमन्त्रीले भने। सबभन्दा ठूलो पार्टीको सभापति शेरबहादुर देउवाले पनि टिकटकले समाजलाई असर गरेको भन्दै यसलाई बन्द गर्न ढिलो गर्न नहुने सुझाएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

‘सबै नेताहरूबाट त्यस्तो सुझाव आएपछि र मैले आफ्नै घरमा पनि समस्या देखेपछि हामीले टिकटक बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भने।

भारत र चीन दुवै मुलुकमा टिकटक प्रतिबन्ध भएको पनि उनको भनाइ थियो।

यस्तै एनसेलको शेयरबिक्रीका सम्बन्धमा पनि प्रधानमन्‍त्री पुष्पकमल दाहाल ‘प्रचण्डले चासो व्यक्त गरेका थिए। सेयर किनबेचमा कानुन पालना भएनभएको र त्यसबाट राजस्वमा पर्ने असरका विषयमा पनि अध्ययन गर्न निर्देशन दिएको उनको भनाइ थियो।

‘प्रधानमन्‍त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ,’ बैठकपछि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

‘प्रचण्ड’ले धर्मनिरपेक्षताबारे मुलुकका प्रमुख शक्तिहरूबीच कुनै मतभेद नरहेकोसमेत जिकिर गरेका छन्। सोचविचार गरेरै संविधानमा सनातनदेखि चलिआएको धर्मको पनि रक्षा गर्ने र राज्य धर्महरूबीच निरपेक्ष रहे भनेर धर्मनिरपेक्षता राखेको बताएका उनले भारतलाई नै हिन्दू राष्ट्र बनाउन सल्लाह दिने गरेको समेत जिकिर गरेका थिए।

प्रकाशित: २०८० मङ्सिर १८ गते सोमबार ०६:५९
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना