२०८३ कार्तिक १५ गते शनिवार

नेकपा एसले देखेन मध्यावधिको सम्भावना, महाधिवेशन सार्ने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १८
jagannath_khatiwada (6)

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले पार्टी महाधिवेशन सार्ने तयारी थालेको छ। यसअघि माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने तय भएपनि त्यसलाई सार्ने तयारी पार्टीले थालेको हो।

देशको अवस्थाका कारण तयारी पनि नपुगेको कारण देखाउँदै पार्टीले महाधिवेशन धकेल्ने निर्णय गराउने तयारी गरेको छ। सोमबार बसेको सचिवालय बैठका यस विषयमा कुराकानी भएपनि निर्णय भने नभएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। राष्ट्रिय महाधिवेशनको सम्बन्धमा भने भोलि(मंगलवार) बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए।

महाधिवेशन गर्न नसक्नुको कारणमा नेकपा एसले जाजरकोट भूकम्पलाई देखाएको छ। यसका साथै माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुने भएकाले पनि महाधिवेशनमा ध्यान केन्द्रित गर्न नसकिने पाटीको ठहर छ।

‘राष्ट्रिय महाधिवेशन माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने पहिल्यै तय गरेका थियौँ। जाजरकोट भूकम्पका कारण धनजनमा ठूलो क्षति भएको अवस्थामा राष्ट्रिय महाधिवेशनको तयारी गर्नका निम्ति कतिपय मानवीय संवेदनशीलताका विषय पनि जोडिएको कारणले त्यसले पनि प्रभावित गर्‍यो,’ उनले भनका छन्, ‘माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको तयारीको सन्दर्भले पनि हामीलाई अलिकति बाधा पु¥याएको छ। यी सबै कुरालाई हेरी, पार्टी संगठन सुदृढीकरणको आम आवश्यकता, आजको परिस्थिति, भुकम्पको स्थिति, राष्ट्रिय सभाको निर्वाचन र समग्र कामको तयारी व्यवस्थापनका विषयहरुलाई हेरेर हामीले निर्णय लिनुपर्ने भएको हुनाले यि निर्णय गर्ने कुरालाई भोलिका लागि सारेका छौँ।’

पार्टीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय चाहिँ गरेको छ। ‘राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा(एकीकृत समाजवादी)लाई निर्वाचन आयोगमा दल दर्ता गर्ने भन्ने मात्रै निर्णय गरेका छौँ,’ उनले भने।

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भनेजस्तो मध्यावधि चुनावको सम्भावना भने नभएको प्रवक्ता खतिवडाले बताए। मध्यावधि निर्वाचनको सम्भावना नदेखेका कारण पार्टीले बैठकमा छलफलको विषय नै नबनाएको उनको भनाइ छ।

महोत्तरीको जलेश्वरमा मंसिर १३ गते सम्पन्न रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा मध्यावधि चुनाव हुन सक्ने जिकिर गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सभाहरूमा मध्यावधि चुनाव हुन सक्ने बताउँदै आएका छन्।

‘मध्यावधि निर्वाचनलाई पार्टीगत रुपमा छलफलको विषय बनाएका छैनौँ। नेपालको संविधानले अचानक कसैलाई चाहने बित्तिकै श्री केपी ओलीले विगतमा दुई तिहाइ बहुमतको लागि मलाई भोट दिनुहोस् भनेर मध्यावधि घोषणा गरेजस्तो परिस्थिति नेपालको संविधानले उल्लेख गरेको छैन,’ उनले थपे, ‘यसले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बाट उपधारा ३ हुँदै उपधारा ५ सम्म नपुगिकन अरु विकल्पहरु खोज्न सकिँदैन। यसकारण मध्यावधि चुनावको आज कुनै सम्भावना देखिएको छैन।

केही राजनीतिक दलहरुले सरकारलाई अस्थिर बनाउने र कमजोर पारी राजनीतिक रोटी सेक्नका लागि मध्यावधिको हल्ला गरेको उनको टिप्पणी छ। ‘मध्यावधि चुनाव केही राजनीतिक दलहरुले सरकारलाई अविश्वसनीय र अस्थिर बनाउने, सरकारलाई कमजोर पार्ने र आफ्नो राजनीतिको रोटी सेक्ने हल्ला मात्रै हो भन्ने मैले बुझेको छु,’ उनले थपे।

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि(मंगलवार) बिहान ११ बजे पुनः बस्नेछ।

प्रकाशित: २०८० मङ्सिर १८ गते सोमबार ०९:३४
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना