काठमाडौँ – सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको छ। न्याय परिषदले सर्वोच्च अदालतका लागि सिफारिस गरेका ६ जना विरुद्ध सोमबारसम्म १० वटा उजुरी परेको समितिले जनाएको छ।
संसदीय सुनुवाइ समिति सबैभन्दा बढी उजुरी सारंगा सुवेदीविरुद्ध परेको छ। समितिका अनुसार उनी विरुद्ध ५ वटा उजुरी परेको हो। यस्तै, तीन जना विरुद्ध भने एउटा पनि उजुरी परेको छैन्। उजुरी नपर्नेमा महेश शर्मा, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन्।
सर्वोच्च अदालतका लागि सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा, टेकप्रसाद ढुङ्गाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल विरुद्ध समितिले मंसिर ८ गतेदेखि साेमबारसम्म उजुरी आह्वान गरेको थियो। उजुरी खोल्नका लागि समितिको बैठक २१ गते बिहीबारका दिन बोलाइएको छ।


