२०८३ कार्तिक १२ गते बुधबार

एनआरएनएमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २५
NRN

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ। एक वर्षअघि भएको संघको १०औं महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो।

महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार ६ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन्।

यसअघि अर्का अध्यक्ष कुल आचार्यले ६ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए। कार्यकारी अध्यक्ष डा केसीले ६ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा संघको ११औं महाधिवेशन पनि गर्नुपर्ने तालिका रहेको छ।

कार्यक्रममा अध्यक्ष केसीले आगामी ६ महिनामा गर्ने कामबारे जानकारी गराएकी थिइन्। अध्यक्ष थापाले विगत ६ महिनामा भए गरेका कामबारे अवगत गराएका थियो भने अध्यक्ष अचार्यले सहमतिअनुसार आगामी ११औं महाधिवेशन एकताको महाधिवेशन हुने र त्यसमा संघका सबै सदस्य अट्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष भवन भट्ट, संघका पदाधिकारी तथा पूर्वपदाधिकारीले नेपालको समृद्धिमा योगदान दिने र संघलाई आफ्नो उद्देश्यअनुसारको अभियानमा लैजान सबैको सहयोगको अपेक्षा गरे।

सन् २००३ मा स्थापित संघले २० वर्षमा रचनात्मक काम गरेको छ। हालसम्म विश्वका ८६ देशमा संघका राष्ट्रिय समन्वय परिषद् गठन गरिएका छन्।

प्रकाशित: २०७९ चैत २५ गते शनिवार ०९:२२
प्रतिक्रिया

थप समाचार

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

कुसुन्तीमा ५ करोडमा लिफ्टसहितको आकाशे पुल बन्दै, कहिलेदेखि सञ्चालनमा आउँछ?

काठमाडौँ: ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले...

दुई महिनामा निजी क्षेत्रमा कर्जा ९३ अर्ब ५२ करोड मात्रै, कृषि र घरजग्गामा घट्यो

भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि...

बागमती प्रदेशमा बैंकहरूको सवा ३६ खर्ब कर्जा, कृषिमा ३.३३ प्रतिशत मात्रै

बागमती प्रदेशमा मात्रै बैंकहरूले ६१.६३ प्रतिशत कर्जा लगानी गरेका छन्। देशभर बैंकहरूले गरेको कर्जा प्रवाह ५८ खर्ब ८० अर्ब रहेको छ।

सेयरमा म्युचुअल फन्डको लगानी घट्दा बैंक मौज्दात बढ्यो, पोर्टफोलियो पुनर्संरचनाको संकेत

भदौ मसान्तसम्म सञ्चालनमा रहेका ६० वटा म्युचुअल फन्डको सूचीकृत सेयरमा कुल ६७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ लगानी रहेको छ। साउन मसान्तमा यस्तो लगानी ६८ अर्ब २० करोड १५ लाख रुपैयाँ थियो। यसअनुसार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना