२०८३ असोज २८ गते बुधबार

बागमती प्रदेशमा बैंकहरूको सवा ३६ खर्ब कर्जा, कृषिमा ३.३३ प्रतिशत मात्रै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २७
loan

काठमाडौँः बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३६ खर्ब २४ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक गतिविधि अध्ययनअनुसार प्रदेशमा कर्जा प्रवाह अघिल्लो वर्षको तुलनामा ९.०७ प्रतिशत बढेको हो। तर, कुल कर्जाको झन्डै ६० प्रतिशत सेवा क्षेत्रमा जाँदा कृषिमा भने ३.३३ प्रतिशत मात्रै लगानी भएको छ।

बागमती प्रदेशमा मात्रै बैंकहरूले ६१.६३ प्रतिशत कर्जा लगानी गरेका छन्। देशभर बैंकहरूले गरेको कर्जा प्रवाह ५८ खर्ब ८० अर्ब रहेको छ।

प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय संस्थाले ५२ खर्ब ६७ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७९ प्रतिशत बढी हो। कर्जा प्रवाह ३६ खर्ब २४ अर्ब ७७ करोड रुपैयाँ पुगेपछि कर्जा–निक्षेप अनुपात ६८.८२ प्रतिशत कायम भएको छ।

सेवा क्षेत्रमा सबैभन्दा धेरै कर्जा

बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा २१ खर्ब ६९ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो कुल कर्जाको ५९.८६ प्रतिशत हो। सेवा क्षेत्रमा कर्जा प्रवाह वार्षिक ९.०१ प्रतिशतले बढेको छ। उपभोग्य कर्जा, वित्त तथा बीमा र पर्यटन क्षेत्रमा लगानी विस्तार भएको प्रतिवेदनले देखाएको छ।

औद्योगिक क्षेत्रमा १३ खर्ब ३४ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। यो कुल कर्जाको ३६.८१ प्रतिशत हो। औद्योगिक कर्जा वार्षिक १०.१८ प्रतिशत बढेको छ। यसमध्ये विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा सबैभन्दा धेरै ३७ प्रतिशत कर्जा लगानी भएको छ। निर्माण उद्योगमा कर्जा प्रवाह २३.७९ प्रतिशत बढेको छ।

बागमती प्रदेशको औद्योगिक कर्जामा भौगोलिक असन्तुलन देखिएको छ। कुल औद्योगिक कर्जाको ९२.७३ प्रतिशत अर्थात् १२ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी काठमाडौं जिल्लामा केन्द्रित छ। चितवनमा २.५७ प्रतिशत, ललितपुरमा २.४२ प्रतिशत र मकवानपुरमा ०.७० प्रतिशत मात्रै औद्योगिक कर्जा प्रवाह भएको छ। यसले प्रदेशका अन्य जिल्लामा उद्योग विस्तारका लागि वित्तीय पहुँच कमजोर रहेको संकेत गर्छ।

मकवानपुरको रिद्धिसिद्धि सिमेन्ट उद्योगले १० अर्ब ८१ करोड रुपैयाँ बैंक ऋण परिचालन गरे पनि बजारमा माग कम हुँदा उत्पादन क्षमता ५५ प्रतिशत मात्रै उपयोग गर्न सकेको प्रतिवेदनमा उल्लेख छ। यसले उद्योगको क्षमता उपयोग कम हुँदा ऋणको ब्याज र उत्पादन लागत व्यवस्थापनमा दबाब पर्न सक्ने देखाउँछ।

त्यस्तै, प्रदेशमा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ०.९१ प्रतिशत घटेर एक खर्ब २० अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ। कुल कर्जामा कृषिको हिस्सा ३.३३ प्रतिशत मात्रै छ। कृषि कर्जामध्ये काठमाडौंमा ५२.५३ प्रतिशत र चितवनमा २१.७१ प्रतिशत केन्द्रित छ। अन्य जिल्लामा कृषि कर्जाको पहुँच तुलनात्मक रूपमा कमजोर देखिएको छ।

बाढीले ऋण असुलीमा जोखिम

रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा आएको बाढीले जलविद्युत् आयोजना, सडक तथा व्यापारिक पूर्वाधारमा क्षति पुर्याएपछि बैंकको कर्जा असुलीमा जोखिम बढ्न सक्ने प्रतिवेदनले संकेत गरेको छ। प्रभावित क्षेत्रका व्यवसाय र ऋणीको आम्दानी घटेमा बैंकहरूको खराब कर्जा बढ्न सक्ने चिन्ता छ।

२०८३ असार मसान्तसम्म बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाका दुई हजार ९२३ शाखा सञ्चालनमा थिए। शाखा सञ्जाल व्यापक भए पनि कर्जा लगानी सेवा र उद्योगमा केन्द्रित हुनु तथा कृषिमा लगानी घट्नु प्रदेशको वित्तीय प्रणालीका प्रमुख चुनौती देखिएका छन्।

प्रकाशित: २०८३ असोज २७ गते मङ्गलबार ०६:२१
प्रतिक्रिया

थप समाचार

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

काठमाडौँः लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको असोज २७ गते बसेको ३३०औँ बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय...

बाढी प्रभावित ऋणीलाई राहत, पुससम्म कर्जा किस्ता तिर्ने सुविधा

काठमाडौँः भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ऋणीहरूले कर्जा भुक्तानीका लागि थप समय पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले प्रभावित व्यवसाय तथा परियोजनालाई लक्षित गर्दै असोजमा...

एनएमबी बैंकको २ लाख ७८ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौँः एनएमबी बैंक लिमिटेडका संस्थापक सेयरधनी पशुपति भेन्चर लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ लाख ७८ हजार ४६० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। उक्त सेयर खरिद गर्न इच्छुक बैंकका...

राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौँः राष्ट्रिय परिचयपत्र नभएकै कारण नागरिकलाई बैंकिङ सेवाबाट वञ्चित गर्न नपाइने भएको छ। सर्वोच्च अदालतले बैंक खाता सञ्चालन, केवाईसी विवरण अद्यावधिक र मोबाइल नम्बर परिवर्तनजस्ता सेवाका...

धितोको साटो सम्भावना हेरेर लगानी : महिला उद्यमशीलता प्रवद्र्धन गर्न एक अर्बको ‘सिम्रिक इनिसिएटिभ’ शुभारम्भ

काठमाडौं। महिला उद्यमीहरूको पुँजी, कर्जा र बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ‘सिम्रिक इनिसिएटिभ’ औपचारिक रूपमा सुरु गरेको...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना