ललितपुर- ललितपुरको बखुण्डोलस्थित समिट अपार्टमेन्ट नजिकैको जमिन भासिएको छ। अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर भासिएपछि स्थानीय चिन्तित बनेका छन्।
गएराति अपार्टमेन्ट वरिपरका घर भएको जमिन भासिएपछि स्थानीयवासीहरुको भागदौड समेत मच्चिएको थियो।
नक्सा पास नै नगरी र अनुमति समेत नलिई अपार्टमेन्ट बनाइएकाले आफूहरुको घरसमेत भासिन पुगेको स्थानीयको आरोप छ। घर भासिएपछि आफूहरूलाई तत्काल सुरक्षित आवासको प्रबन्ध गर्न स्थानीयले माग गरेका छन्।








