काठमाडौं– एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। युएईको दुबईमा शुक्रबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रन जोडेर अलआउट भएको थियो।
नेपालका लागि उत्तम थापा मगरले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन जोडे। दिपेश कँडेलले ३१ रन बनाएका थिए। नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेका थिए।
पाकिस्तानका मोहमद जीशानले ६ विकेट लिए। समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बंगलादेश र श्रीलंका छन्।


