काठमाडौँ- कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै छ।
आइतबार बिहान ११ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष थापाले ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको स्थापना, सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ शीर्षकको राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसैगरी महामन्त्री राजाराम बर्तौलाले संगठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पनि पेश गर्ने छन्।
केन्द्रीय समितिको बैठक आज र भोलि २ दिन चल्ने र भोलि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत बैठकका निर्णयहरू सार्वजनिक गर्ने उनले जानकारी दिए।


