काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले केन्द्रीय कार्य समिति बैठक बहिष्कार गर्ने भएका छन्। पार्टीमा दोस्रो वरियताका नेता राजेन्द्र महतोले बैठक बहिष्कार गर्ने भएका हुन्।
पार्टीका पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट महतोले बैठक बहिष्कार गर्ने तयारी गरेका हुन्। पार्टीले आफ्नो मत सुनुवाइ नगरेको भन्दै बैठकमा नजाने महतोले बताएका छन्।
पार्टी अध्यक्ष महन्थ ठाकुरप्रति असन्तुष्टि राख्दै महतो बैठक बाहिरै रहने भएका हन्। ‘सुधार गर्छु भन्ने, तर नगर्ने। ९० जना खाली सिटमा पनि उहाँले सही मानिसहरु लैजानुभएन,’ अध्यक्ष ठाकुरप्रति महतोको प्रश्न छ, ‘४११ सदस्यीय केन्द्रीय समितिमा सबै उहाँकै मात्र हुने? मधेसवादको केही सम्मान छैन?
लोसपाका महामन्त्री केशव झाका अनुसार कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची छ।


