काठमाडौं- माओवादी नेता हरिबोल गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार पद त्यागेका छन्। उनले प्रमुख सल्लाहकार पदबाट राजिनामा दिएका हुन्। २० गते नै पदबाट राजिनमा दिएको उनले बताए।
राजिनामा दिनुको कारणबारे बोल्न नचाहेका गजुरेलले राजिनामा स्विकृत भइनसकेको जानकारी दिए। उनी २०७९ माघ ९ गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए। अहिलेको अवस्थामा सल्लाहकार पदमा बसेर कुनै उल्लेखनीय काम गर्न सम्भव नभएको निष्कर्ष सहित उनले राजिनामा दिएको बुझिएको छ।


