पोखरा- पोखरामा बस चोरी गर्ने किशोर पक्राउ परेका छन्। सहचालकको काम गर्दै आइरहेका १७ वर्षीय किशोरले पोखराबाट बस चोरी गरी लैजाँदै गर्दा चितवनबाट पक्राउ गरेका हुन्।
उनले शुक्रबार राती बस चोरी गरेका थिए। पोखरा-९ पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस चोरी भएको हो। तनहुँ म्याग्दे गाउँपालिका-३ का बालकलाई प्रहरीले चितवन भरतपुर महानगरपालिका-११ आँपटारीबाट पक्राउ गरेको हो।
उनीविरुद्ध अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दा दर्ता गराई थप अनुसन्धान गरिराखेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए।


