काठमाडौं– संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजिनामा दिएका छन्।
उनले आइतबार राजिनामा दिएका हुन्। उनी २०७७ वैशाख २२ गते महासचिवमा नियुक्त भएका थिए।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको राजिनामा स्विकृत भइसकेको छ।
पौडेलले राजिनामा दिएपछि संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका छन्।
पाण्डेय प्रतिनिधिसभा सचिवका रूपमा कार्यरत छन्।


