काठमाडौं– महासमितिको बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
उनले मंसिर २९ गतेका लागि कार्यसम्पादन समितिको बैठक डोकेका हुन्।
बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसायीक राजनीतिका बारेमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पुस १६ देखि १९ गतेका लागि बोलाइएको महासमिति बैठक सार्ने पक्षमा देउवा देखिएका छन्। चिसोलाई कारण देखाएर बैठक सार्ने तयारीमा देउवा रहेको नेताहरु बताउँछन्।


