२०८३ कार्तिक १५ गते शनिवार

शेखर समूहमा कसले के भने? के दियो सन्देश?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २७
shekhar_group-10
शेखर समूहको गुटभेला।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू र महामन्त्री गगन थापाबीच कुनै मतभेद नरहेको दाबी गरेका छन्। बुधबार काठमाडौँ आफ्नो समूहका नेतासँग छलफल गरेपछि पत्रकारहरुसँग डा कोइरालले उक्त दाबी गरेका हुन्।

काम गर्ने शैली र सोचाई उमेर फरक भएकाले प्रस्तुतिमा फरक परे पनि पार्टीको एजेन्डामा महामन्त्री थापासँग आफ्नो कुनै फरक मत नरहेको नेता कोइरालाको भनाइ थियो। नेता कोइरालाले पार्टी संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि मापदण्ड नै बनाएर उम्मेदवार चयन गर्नुपर्ने प्रस्तावसमेत राखेका छन्।

‘महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन। उहाँ र मेरो उमेर फरक छ। काम गर्ने शैली पनि फरक छ। सोचाई पनि फरक छ। त्यो स्वाभाविक छ। एजेन्डामा हाम्रो कुनै फरक मत छैन,’ नेता कोइरालाको दाबी छ, ‘बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि एउटा मापदण्ड बनाऔँ। त्यो मापदण्डलाई अगाडि सारेर जाने भन्ने कुरा भएको छ।’

नेता कोईरालाले पार्टीमा सुधार ल्याउनका लागि आफूहरुले निरन्तर छलफललाई अघि बढाउने बताए।

उता महामन्त्री थापाले पनि शेखरको भनाइसँग बेमेल हुने गरी धारणा राखेनन्। यसअघि गगन-शेखरबीच फाटो आएको चर्चा कांग्रेसवृत्तमा थियो। कोशी प्रदेशमा कोइराला पक्षका केदार कार्कीले पार्टीको निर्णयविपरीत मुख्यमन्त्रीमा दाबी गरेपछि थापाले कोइरालाप्रति सार्वजनिक रूपमा नै असन्तुष्टि व्यक्त गरेका थिए। तर बुधबारको बैठकमा थापाले कोइरालालाई संसदीय दलको नेता बनाउनुपर्ने अभिव्यक्ति दिए।

सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा सिंगो पार्टीको सभापति नभएर एक समूहको मात्र देखिएको हुनाले न्यायपूर्ण व्यवहारका लागि संसदीय दलको नेतामा कोइरालालाई ल्याउन लाग्नुपर्ने बताए। चुनावमा टिकट बाँड्दा र सरकारमा सहभागिता गराउँदा देउवाले आफ्नो समूहलाई मात्र हेर्ने र महाधिवेशनमा आफूलाई मत नहालेकालाई पन्छाउने गरेको आरोपसमेत लगाए।

‘सभापितले सिंगो पार्टीको नेता भएर सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्नेमा सभापति आफैं एउटा समूहको संरक्षक जस्तो मात्र भएको देखियो’, उनले भने, ‘आफ्नो समूहमा जो छ त्यसलाई एउटा व्यवहार, तर समूहमा जो छैन, अर्थात जसले महाधिवशेनमा भोट दिएन, त्यसलाई अर्को व्यवहार भयो।’

राष्ट्रिय सभा चुनावमा कुनै समूह भन्दा पनि पार्टीमा त्याग गरेका तर मौका नपाएकालाई अवसर दिनुपर्ने उनको भनाइ थियो। टिकट वितरण गर्दा यसपटक देउवा सिंगो पार्टीको सभापति बन्छन् कि आफ्नो समूहको मात्र त्यो हेरिने नेता थापाको चेतावनीमूलक भनाइ छ।

महासमिति बैठकमा पार्टीभित्रै लडेर जाने विषयमा पनि छलफल भएको उनको भनाइ थियो।

गगन-शेखरको दाबीलाई नेता अर्जुननरसिंह केसीले थप बलियो बनाउने प्रयास गरे। शेखर—गगन समूहमा कुनै फाटो नआएको जिकिर उनको थियो।

आफूहरु लोकतन्त्रवादी भएकाले वादप्रतिवाद र संवादको प्रक्रिया भइरहने उनको भनाइ छ। म0हासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने धारणा राखेका उनले भ्रष्टाचार काण्डले देश सिंगारिएको भन्दै भ्रष्टाचारविरोधी अभियान महासमितिबाट पारित गर्नुपर्ने उल्लेख पनि गरे।

‘गुट (गगन-शेखर)भित्र कुनै फाटो आएको छैन, हामी लोकतन्त्रवादी हौं। लोकतन्त्रवादी भनेकै वाद, प्रतिवाद र संवादको प्रक्रिया हो। विचारहरु आउँछन्, विचारमा विमति हुन्छ, कहिलेकहीँ व्यक्तित्व घर्षण र असन्तुलन पनि देखिन्छ। तर त्यसलाई छलफल र सहमतिद्वारा नै टुंग्याउनुपर्छ,’ उनको जिकिर थियो, ‘त्यो प्रयत्नमा हिजो पनि र आज पनि म निरन्तर रुपमा लागेको छु। हामीले कति पटक महासमिति बैठक सार्ने, त्यसैले तोकेकै मितिमा अधिवेशन हुनुपर्छ। नेपाल भ्रष्टाचारको काण्डै काण्डले सिंगारिएको छ। कांग्रेसले भ्रष्टाचारविरोधी अभियान महासमितिबाट पारित गरेर जनता जानुपर्छ।’

केसीले नै गगन र शेखरलाई एकजुट गराउन पछिल्लो प्रयास गरेका थिए। मंगलबारका लागि शेखरले बोलाएको बैठकलाई एक दिन सारेर गगनलाई पनि सहभागी गराउने प्रयास उनैले गरेका थिए। यसअघि १४औँ महाधिवेशनका बेला शेखर-गगनले एकै प्यानल बनाएर चुनावमा होमिएका थिए। तर महामन्त्रीमा थापा विजयी हुँदा सभापतिमा कोइराला पराजित बने। यो प्यानल बनाउने काम पनि केसीकै सक्रियतामा भएको थियो।

केसी गगनका ससुरा हुन्। यसअघि १३औँ महाधिवेशनमा भने ज्वाइँ-ससुरा नै महामन्त्रीका लागि चुनावमा भिडेका थिए। ज्वाइँ-ससुरा आपसमा भिड्दा डा. शशांक कोइरालाले पराजित गरिदिएका थिए। त्यति बेला एउटा मात्रै महामन्त्री निर्वाचित हुने व्यवस्था थियो। अहिले गगनसँगै विश्वप्रकाश पनि महामन्त्री छन्। विश्वले एजेन्डामा थापालाई साथ दिँदै आएपनि शेखर समूहमा भने उनी खुलेका छैनन्। १३औँ महाधिवेशनमा विश्वप्रकाश प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए। सिंहको प्यानलबाट विश्वले मात्र चुनाव जितेका थिए।

बुधबारकै बैठकमा सहभागी भएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका उपसभापति धनराज गुरुङले राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने धारणा राखे। राष्ट्रिय सभाको विषय पनि एजेन्डाको रुपमा आएको र न्यायोचित व्यवस्थापन हुनुपर्ने आवाज उठेको उनको भनाइ थियो।

फाइल तस्बिर

‘राष्ट्रिय सभाको विषय पनि अजेण्डाको रुपमा आएको छ। त्यसमा न्यायोचित हुनुपर्छ, घरिघरि अवसर पाउनेहरुले नै अवसर पाउनु हुन्न भन्ने आवाज उठिरहेको छ। सारभूत रुपमा पार्टी एक छ,’ उनको भनाइ थियो, ‘महासमिति बैठक आधिकारिक रुपमा सार्ने भन्नेकुरा आएको छैन। महासमितिमा केके एजेण्डामा छलफल गर्न सकिन्छ भनेर बैठक बसेका हौं।’ गुरुङले महासमिति बैठक आधिकारिक रुपमा सार्ने कुरा पार्टीबाट नभएको बताए।

सांसद डा सुनील शर्माले कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएकाले त्यसलाई परिमार्जन गरी अवसरबाट वञ्चित भएकालाई अवसर दिनुपर्ने बताए। उनले शेखर—गगन समूहमा केही समस्या आएको उल्लेख गरेका उनले मिल्नुको विकल्प नभएको बताए।

‘कांग्रेस पार्टीमा अहिले गुटगत आधारमा मान्छेहरुलाई अवसर दिने यो अवस्था अहिले देखिएको छ। जसले अवसर पाउनुभएको छैन, पार्टीको लागि अनवरत रुपमा लड्नुभएको छ, राष्ट्रिय सभामा उहाँहरुलाई अवसर दिनुपर्छ। पटकपटक अवसर पाएकाहरुलाई र टिकट लिएर हारेकाहरुलाई अवसर दिनु हुँदैन,’ उनले थपे, ‘हाम्रो गुट भित्र पनि समस्या भयो। शेखर दाई र गगन दाईको बीचमा समस्या आए। यो लुकाएर पनि हुँदैन। तर आम मानिसको बीचमा सबै मिलेर जानुपर्ने कुरा छ। शेखर र गगन बिनाको यो समूह अपुरो हुन्छ।’ सांसद शर्माले शेखर र गगन बिनाको समूह अपूरो हुने उल्लेख गरे।

नेता गुरुराज घिमिरेले पनि शर्माकै जस्तो अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउन नहुने बताए। जागिर खाएजस्तो गर्नेलाई राष्ट्रियसभाको चुनावमा उम्मेदवार बनाउन नसक्ने कुरा शेखर समूहका नेतारुले पार्टी सभापति शेरबहादुर देउवालाई स्पष्ट भन्नुपर्ने धारणा राखेका थिए।

‘पटक–पटक अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु हुँदैन, किनभने उहाँहरुको मूल्यांकन सबैले गरेको छ,’ उनले थपेका थिए, ‘उहाँहरुले के चमत्कार गर्नुभयो, हिजो अवसर पाउँदा मुलुक र डेमोक्रेसीका लागि के चमत्कार गर्नुभयो। राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन छ। फेरि अहिले अवसर दिनुपर्ने कारण के हो? यो विषयमा महामन्त्री, उपसभापतिहरुले जिब्रो नचपाइकन स्पष्ट कुरा सभापतिसँग गर्नुपर्छ।’

भेलाले मुख्यतया राष्ट्रियसभा सदस्य निर्वाचनमा हुने उम्मेदवार मापदण्ड, महासमिति बैठक सार्न नहुने, गुटगतको एकता र भ्रष्टाचारविरूद्ध आवाज उठाउनुपर्ने विषयमा छलफल गरेको छ। यसले गगन र शेखर एकैठाउँ रहेको सन्देश दिने प्रयास गरेको छ।

प्रकाशित: २०८० मङ्सिर २७ गते बुधबार १०:०४
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना