बाजुरा- बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मार्तडी घटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आइतबार बेलुका ट्याक्टर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकाया छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुवै ट्याक्टर दुर्घटनामा परेका हुन्।
लु ४ त ७३०५ नम्बरको ट्याक्टर सडकको भित्तापट्टि पल्टिएको थियो भने अर्को ट्याक्टर खडीगाड खोलामा खसेको थियो।
दुईवटै ट्याक्टरमा चार/चार जना सवार थिए।


