काठमाडौँ- औषधि व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधि उत्पादन तथा विक्रीबितरणमा रोक लगाएको छ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि विक्रिवितरणमा रोक लगाएको जानकारी दिए। प्रतिबन्धित औषधि नेपाली र भारतीय कम्पनीका रहेको जानकारी दिए।
औषधि व्यवस्था विभागले रोक लगाएका औषधिमा लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको हो।
यस्तै लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी छन्। यी नेपाली कम्पनीबाट उत्पादित औषधि हुन्।



