काठमाडौँ– संसदीय समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको आलोचना भएको छ। क्रिस्चियन धर्मको विरोध गर्नेलाई हतकडी लगाउनु पर्छ भनेकोमा किराँतीकाे आलोचना भएको हो।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले मन्त्री किरातीले द्वन्द्व मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नु पर्ने बताए। बैठकमा किराती पनि उपस्थति थिए।
‘द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ। यसमा तपाईंले माफी माग्नुपर्ने हो,’ राणाले बैठकमा मन्त्री किरातीलाई भने, ‘सरकारले तपाईंलाई के स्पष्टिकरण गर्नुपर्ने हो यो गर्नुहोला । समाजमा ठूलो द्वन्द्व फैलाउने कुरा गर्नुभएको छ। यसको जिम्मेवार सरकार र तपाईं हुनुहुनेछ।’
मन्त्री किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो भन्दै विरोध गर्नेलाई हतकडी लगाउने बताएका थिए।


