२०८३ कार्तिक १६ गते आईतबार

जनकपुर पुगेर डा महतले भने- मधेश कांग्रेसको आधारभूमि हो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ५
ps mahat

जनकपुर- नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेश नेपाली कांग्रेसको आधारभूमि भएको बताएका छन्। बुधबार नेपाली कांग्रेस मधेश प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन्।

‘लोकतन्त्र स्थापनाका लागि यो प्रदेशले धेरै ठूलो संख्यामा ज्यान आहुति दिने शहिद जन्माएको छ,’ डा महतले भने। मधेश प्रदेशबाट रामनारायण मिश्र, महेन्द्रनारायण निधि, सरोज कोइराला, शेख इद्रिसलगायतले नेपाली कांग्रेस पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनले विद्यार्थी नेता कामेश्वर, कुशेश्वर, दुर्गानन्द झालगायतको पनि नेपाली कांग्रेस निर्माण र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको बताए।

‘मधेश प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ। मधेश प्रदेशमा कांग्रेसले एक्लै बहुमत ल्याउने परिस्थिति बनायौं भने, देशैभरि कांग्रेसले बहुमत ल्याउँछ,’ उनले भने, ‘त्यसका लागि नेपाली कांग्रेस पार्टीभित्र एकताको आवश्यकता छ। आरोप–प्रत्यारोप होइन, संस्थागत निर्णय गर्ने, छलफल गर्ने र छलफलबाट जे निष्कर्ष निस्कन्छ, त्यो लिएर एक स्वरमा जनताको बीचमा जानुपर्छ।’

पार्टी निर्माणको काम एक्लै गर्छु भनेर परिणाम ननिस्कने बताउँदै उनले संगठन निर्माणबाट रुपान्तरण हुने उल्लेख गरे।

‘नेपाली कांग्रेसले मात्र नेपालको आर्थिक र सामाजिक रुपान्तरण गर्न सक्छ, लोकतन्त्रलाई संस्थागत गर्न सक्छ र संघीयतालाई घनिभूत गर्न सक्छ,’ मन्त्री महतले भन्नुभयो, ‘अरुले सक्दैन। मधेशको नागरिकताको सवाल, समावेशी अधिकारको सुनिश्चिताको सवाल नेपाली कांग्रेसको कारणले प्राप्त भएको हो । पहिला हाम्रो पार्टीप्रति गर्व गर्न सिकौं।’

अर्थतन्त्रको मनोबल उठाउन आफूहरूले प्रयास गरिरहेको बताएका उनले अहिले अर्थतन्त्रले लय पक्रिन थालेको जिकिर गरे। ‘सेयर बजार माथि उठेको छ, घरजग्गा कारोबार वृद्धि हुँदैछ, विदेशबाट आउने रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भइरहेको छ । अहिले पर्यटकको आगमन सबैभन्दा धेरै भएको छ,’ उनले भने, ‘ऋण प्रवाह हुन थालेको छ, अब नेपालको विकासले लय पक्रिन्छ । एमाले अध्यक्ष ओलीको पालादेखि नै नेपालको अर्थतन्त्रमा ठूलो चाँङ थियो, यो समस्याको चाङ एक झड्कामा हुँदैन। नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुले इमान्दारिताका साथ काम गरिरहेका छन्।’

प्रकाशित: २०८० पुस ५ गते बिहिबार ०५:३४
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना