दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तार गरेका छन्। सरकार गठन भएको ८ महिनापछि उनले दुई मन्त्री थप गरेका हुन्।
चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा नमिल्दा सरकारले पूर्णता पाएको थिएन।
शनिबार उनले माओवादी केन्द्रबाट दुई मन्त्री थपेका हुन्। मुख्यमन्त्री चौधरीले बाँकेकी कृष्णा केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालय र प्युठानका सरोज थापालाई वन तथा वातावरण वा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमध्ये एक दिने तयारी गरेका छन्।
नवनियुक्त मन्त्रीहरुको शपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए।


