मकवानपुर- मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ ।
शनिबार एक विज्ञप्ति निकालेर गाउँपालिकाले क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ ।
यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा उल्लेख छ ।



