काठमाडौँ– लुम्बिनी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्।
आइतबार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)की कृष्णा केसी र नेपाली कांग्रेसका सराेज थापालाई शपथ गराएका हुन्।
केसी सहरी विकास मन्त्री र थापा उद्याेग तथा यातायातमन्त्रीको जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले शनिबार केसी र थापालाई मन्त्री नियुक्त गरेका थिए।
लुम्बिनीमा सरकार गठन भएको आठ महिनापछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको हाे। याेसँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ।


