काठमाडौँ- २०औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पूर्णिमाको दिन नेवारी समुदायले हर्षका साथ मनाइरहेका छन्। सोही अवसरमा काठमाडौंका नेवार समुदायले ट्यांगालबाट र्याली निकालेका छन ।
हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्हिः मनाउने गर्छन्। यो दिनलाई काठमाडौँ उपत्यकाका नेवारले ज्यापू दिवसका रूपमा समेत मनाउने गरेका छन्।
ज्यापु दिवसको अवसरमा यःमरिसहितको र्याली निकालिएको थियो।
नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो। निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापु संस्कृति हो।
वि.सं. २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो। हाल मुलुकभर ज्यापु समूदायका करिब ६ लाख छन्।





















