२०८३ कार्तिक २३ गते आईतबार

पोखरामा थपियो सेयर दलाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १०
sumeru

पोखरा- धितोपत्र व्यवसायी सुमेरु सेक्युरिटिज प्रा.लि (ब्रोकर नं ३९)ले पोखराको सृजना चोकमा नयाँ शाखा शुरु गरेको छ।

सोमबार पूर्वउद्योग मन्त्री महेश बस्नेतले सुमेरुको शाखा कार्यालयको उद्घाटन गरेका हुन्। योसँगै पोखरामा सेयर कारोबार गर्ने ब्रोकरको संख्या ११ पुगेको छ।

नेपाल धितोपत्र बोर्डले ब्रोकर विस्तार फुकुवा गरेसँगै यस वर्ष मात्रै पोखरामा ४ वटा ब्रोकर शाखा थपिएका छन्।

२०६६ सालमा ब्रोकर नं १४ (नेपाल स्टक हाउस)ले पोखरामा पहिलो शाखाको रुपमा कारोवार सुरु गरेको थियो। पोखराका शाखामा करिब १ लाख १० हजार वटा डिम्याट खाता रहेको अनुमान गरिँदै आएको छ।

सुमेरु सेकुरिटिजको शाखा उद्घाटन गर्दै पूर्व उद्योगमन्त्री बस्नेतले देशको अर्थतन्त्र ठिक ठाँउमा ल्याउन सेयर बजारको भूमिका ठूलो रहने बताए।

सुमेरुका संस्थापक अध्यक्ष प्रेम कुमार अग्रवालले सेयर बजारमा सचेत भएर लगानी गर्नुपर्ने बताए। उनले सेयर बजार सरकारलाई राजस्वको ठूलो स्रोत भएकाले बजारको दायरा बढाउँदै लगिनु पर्ने बताए।

प्रकाशित: २०८० पुस १० गते मङ्गलबार ०३:४७
प्रतिक्रिया

थप समाचार

rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना