२०८३ कार्तिक १२ गते बुधबार

३ मतको शक्तिले ऊर्जामन्त्री बने लामा, मुख्यमन्त्रीका आकांक्षी आर्थिकमन्त्री

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २६
bahadur_tirtha

हेटौँडा- बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट दुई जना मन्त्रीले नियुक्ति पाएका छन्। बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा आर्थिक मामिला मन्त्रालय लिएर सरकारमा गएका हुन् भने तीर्थ लामा सिँचाई तथा ऊर्जा मन्त्री बनेका हुन्। उनीहरू दुवैलाई आइतबार साँझ प्रदेशप्रमुख यादवप्रकाश शर्माले शपथ दिलाएका थिए।

बागमतीमा नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिएर सरकारमा जाने बाटो तय गरेको थियो। एकीकृत समाजवादीले पनि विश्वासको मत दिएपनि सरकारमा सहभागी हुनेको नाम पठाएको छैन।

यसअघि एमाले र राप्रपासहितको गठबन्धनका बाट जम्मकट्टेल मुख्यमन्त्री बनेका थिए। तर दुवै दल सरकारबाट बाहिरिएपछि बागमतीमा ७ मन्त्रालय खाली थिए। कांग्रेसका दुई नेता सहभागी भएपछि पनि ५ मन्त्रालय रिक्त रहनेछन्।

तीन मतको शक्तिले मन्त्री बने तीर्थ
नेपाली कांग्रेस काभ्रेका सभापति एवम् बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन्।

२०७९ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित लामा ३ मतको अन्तरले विजयी भएका थिए। निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर लामाले १९ हजार २७७ मत ल्याएका थिए भने तीर्थले १९ हजार २८० मत पाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।

२०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे-१ कांग्रेसबाट निर्वाचित भएका थिए। सोही कार्यकालमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य निर्वाचित भएका उनी संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएका थिए।

२०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको काभ्रे-१ मा २०७० सालमा तीर्थ १२ हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए। तत्कालीन माओवादी केन्द्र र एमालेको गठबन्धन हुँदा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने उनी ४ हजार २६ मत कम पाएर पराजित भए। त्यसबेला एमाले-माओवादी गठबन्धनका गंगाबहादुर दोङले ४३ हजार ६ सय ३१ पाउँदा तीर्थले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका थिए।

२०६४ सालबाट नेपाली कांग्रेसको राजनीति सुरु गरेका लामा सोही वर्ष क्षेत्रीय उपसभापति मनोनित भएका थिए। पार्टीको १२औं र १३औँ महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित लामा संघीयतापछि जिल्ला २ निर्वाचन क्षेत्रमा विभाजन भएपछि प्रतिनिधि सभा क्षेत्र नं १ को सभापति भए। पार्टीको १४औं महाधिवेशनमा उनी जिल्ला सभापतिमा निर्वाचित भए। पार्टी राजनीतिमा उनी संस्थापन पक्षका नेता मानिन्छन्।

बहादुर बने आर्थिक मामिलामन्त्री
नुवाकोट-२ (ख) बाट विजयी भएका बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेताको जिम्मेवारीमा रहेका लामाले आइतबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा बहादुरले नेकपा एमालेका विजयसिंह लामा तामाङलाई ८ हजार १२५ मतान्तरले पछि पार्दै विजयी भएका थिए। बहादुरले १७ हजार २४९ मत प्राप्त गर्दा विजयले ९ हजार १२४ मत पाएका थिए।

पुस १३ गते सम्पन्न बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा बहादुर संसदीय दलको नेतामा निर्वाचित भएका थिए। लामा २१ मतसहित निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी ईन्द्रबहादुर बानियाँले १६ मत पाएका थिए। ११० सदस्यीय बागमतीमा नेपाली कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी ३७ सिट जितेको थियो।

बहादुर पार्टी राजनीतिमा संस्थापन पक्षमाका नेता मानिन्छन्। तर संसदीय दलको नेताको चुनावमा भने उनलाई संस्थापसहित इतर समूहको समेत साथ रहेको थियो। बहादुर कांग्रेस केन्द्रीय सदस्य हुन्।

नेपाली कांग्रेसले यसअघि प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै आएको थियो। कांग्रेसले मुख्यमन्त्री दाबी गरेका बेला संसदीय दलका नेता बहादुरलाई मुख्यमन्त्री बनाउने भनिएको थियो।

प्रकाशित: २०७९ चैत २६ गते आईतबार ०७:३७
प्रतिक्रिया

थप समाचार

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना