काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि बहस जारी छ। आज सन्दीप पक्षका वकिलले बहस गर्ने छन्।
आइतबारबाट सुरु भएको मुद्दामा हिजो वादी पक्षको बहस सकिएको छ। वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए ।
बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादीतर्फका १ कानुन व्यवसायीले बताए। त्यसपछि वादीका तर्फबाट जबाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने अपेक्षा गरिएको छ।


