रोल्पा– चैत महिना लागेसँगै बसन्तयाम सुरु हुन्छ। तर यसपालि फागुन महिनामा गुराँसले वन रंगाएको छ। गुराँसले जलजला क्षेत्रलाई दुलहीझैँ सजाएको छ। गुराँस फुल्ने मौसममा त्यहाँ पुगेका पर्यटक लोभिने गरेका छन्।
मौसममा आएको परिवर्तनका कारण गुराँस छिट्टै फुल्न थालेका हुन्। विश्वमा पाइने ४२ थरिका गुराँसमध्ये १४ प्रजातिका गुराँस रोल्पाको जलजला क्षेत्रमा पाइन्छन्।



