काठमाडौँ- ललितपुरको बालकुमारीमा मारिएका दुवै जना युवाको शव सुर्खेत लिएको छ। नेपाली सेनाको हेलिकोप्टरले दुवै जना युवाको शव सुर्खेत लगिएको हो।
इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा उनीहरूको ज्यान गएको थियो।
मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।
गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो। वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो।
सुर्खेतबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर रावत र शाहको शव घर पुर्याइनेछ।
मृतक दुवैलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने, त्यसबाहेक मृतक परिवारका सदस्य एक-एक जनालाई रोजगारी दिन सरकार सहमत भएपछि परिवारले शव बुझ्न मानेको थियो।


