२०८३ कार्तिक २३ गते आईतबार

ग्लोबल आईएमई बैंकमा १५ वर्ष सेवा गरेका २५३ कर्मचारी सम्मानित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १८
gbime

काठमाडौँ- ग्लोबल आइएमई बैंक स्थापनाको १७औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको छ।

बुधबार आयोजित कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष तथा उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि सेवारत कर्मचारीलाई सम्मान गरेका हुन्।

अध्यक्ष ढकालले आइएमई बैंकले मर्जर तथा व्यवसाय विस्तारसँगै संस्थाको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहक सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर थप प्रभावकारी र प्रविधिमैत्री बनाइने बताए। बैंक स्थापनाको १७ वर्षमा अधिकांश वित्तीय सूचकमा अब्बल हुन सफल भएको उनको भनाइ छ।

सरकार र राष्ट्र बैंकका नीति पालन गरेकै कारण बैंक अहिलेको अवस्थामा आइपुगेकाले लक्ष्य प्राप्तीभन्दा मेहनेत र लगनशीलतामा जोड दिन कर्मचारीलाई आग्रह गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढिरहेको जानकारी दिए।

बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आगामी वर्षमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै थप गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।

बैंकले हाल ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: २०८० पुस १८ गते बुधबार ०५:१७
प्रतिक्रिया

थप समाचार

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...

फोनपे पेमेन्ट सर्भिसको सातौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ: फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सभा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना