काठमाडौँ: फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि जीपी राजबहाक एण्ड कम्पनी (चार्टर्ड एकाउन्टेन्ट्स) लाई लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको कम्पनीले जनाएको छ।


