काठमाडौँ: म्याक्स टाइगर इनर्जी ड्रिंक ‘दशैँ धमाका २०२६’ अभियानअन्तर्गत मोटरसाइकल र स्कुटर जितेका चार जना विजेताले पुरस्कार प्राप्त गरेका छन् ।
काठमाडौँ र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत तीन जनालाई मोटरसाइकल र एक जनालाई स्कुटर हस्तान्तरण गरिएको हो ।
काठमाडौँको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा सुमन कर्माचार्य र विनोद ढुंगेलले मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा आयोजित कार्यक्रममा धरानका अनोज कुमार अधिकारीले स्कुटर र विराटनगरका विनोद पोखरेलले मोटरसाइकल पाएका छन् ।
म्याक्स टाइगरको क्यानको बिर्कोमार्फत पुरस्कार जित्ने अवसर पाएका विजेताहरूले पुरस्कार प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन् ।
कम्पनीका अनुसार अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् । अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र एउटा प्रोटोन कार बम्पर पुरस्कारका रूपमा जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।
एनपीएलको प्रत्यक्ष प्रसारण भइरहेको एक्सट्रिम फ्यानजोनमार्फत पुरस्कार हस्तान्तरण गर्ने क्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने कम्पनीले जनाएको छ ।


