२०८३ कार्तिक १९ गते बुधबार

‘पल्सर आरपीएम’ को पोखरा संस्करण सम्पन्न, ३ हजार बढी दर्शकले जनाए सहभागिता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १९
Pulsar_Pokhara

काठमाडौँ: बजाज पल्सरको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक १४ गते पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो।

मौसम र कार्यक्रमस्थलसम्मको पहुँचमा केही चुनौती रहे पनि दर्शकको उल्लेखनीय उपस्थितिले पोखरामा पल्सर आरपीएमप्रति देखिएको उत्साहलाई प्रतिबिम्बित गरेको छ। कार्यक्रममा पल्सर एन१६० मार्फत प्रस्तुत गरिएका रोमाञ्चक मोटरसाइकल स्टन्टले दर्शकको ध्यान आकर्षित गरेको थियो। त्यस्तै, फ्रिस्टाइल र स्ट्याटिक्स विधामा आयोजित क्यालिस्थेनिक्स प्रतियोगितामा खेलाडीहरूले आफ्नो शारीरिक क्षमता, सन्तुलन र कौशल प्रदर्शन गरेका थिए। अवार्ड विजेता खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा स्थानीय बीएमएक्स राइडर, स्केटबोर्डर, ब्रेकिङ कलाकार, ग्राफिटी आर्टिस्ट तथा आर्म रेस्लिङका सहभागीहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। डिजे जेन्टल–जीको प्रस्तुतिसँगै विभिन्न सहभागितामूलक गतिविधि, फुड तथा कफी स्टलले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

कार्यक्रमस्थलमा पल्सर एन १६० र एनएस २०० को प्रदर्शनका साथै टेस्ट राइडको व्यवस्था गरिएको थियो, जसले सहभागीहरूलाई दुवै मोटरसाइकलको अनुभव लिने अवसर प्रदान गरेको थियो।

काठमाडौं र बुटवलमा सफल आयोजना भइसकेको पल्सर आरपीएमको पोखरा संस्करणले स्थानीय प्रतिभा र युवा समुदायलाई एउटै मञ्चमा जोड्दै नेपालमा स्ट्रीट कल्चर तथा एक्सन स्पोर्ट्सको विकासमा योगदान पुर्‍याउने आफ्नो उद्देश्यलाई थप बलियो बनाएको छ।

यस अवसरमा पल्सर आरपीएमका स्टन्ट राइडर रबिन श्रेष्ठले पोखरेली दर्शकको उत्साह र साथप्रति आभार व्यक्त गर्दै भने, ‘पोखरा, तपाईंहरूले दिनुभएको माया र साथका लागि धेरै धन्यवाद। तपाईंहरूको उत्साह र समर्थनले हरेक प्रस्तुतिलाई अझ विशेष बनाएको छ। यो केवल एउटा शो नभई सपना देख्ने, आफ्नो प्रतिभा प्रस्तुत गर्ने र एकअर्कालाई साथ दिने सबैको साझा उत्सव हो।’

प्रकाशित: २०८३ कार्तिक १९ गते बुधबार ०१:१५
प्रतिक्रिया

थप समाचार

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

नगरकोट: काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले...

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

एसियामा कच्चा तेलको भाउ युद्धअघिको भन्दा दोब्बर बढ्यो

काठमाडौं। पश्चिम एशिया (खाडी) मा जारी तनावका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ। अमेरिका, इजरायल र इरानबीच गत फेबुअरीदेखि सुरु भएको युद्धले होमर्जु...

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

काठमाडौं। प्रविधि कम्पनी गुगल इंकले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ। यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै...

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

काठमाडौं। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ। फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना