काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख राजनीतिक सल्लाहकारको पदबाट हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत गरेका छन्।
गजुरेललले राजीनामा दिएको एक महिनापछि मात्र प्रधामन्त्रीले स्वीकृत गरेका हुन्।
गजुरेलले गत मंसिर २० गते राजीनामा दिएका थिए।
उनको राजीनामा मंसिर २० गतेदेखि नै लागू हुने गरी स्वीकृत गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
