तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ।
बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्।
तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मालाका लागि फूल किन्न आउनेहरूको बजारमा भीड देखिएको छ।
व्यापारीहरू फूलमाला बिक्री गर्न व्यस्त छन् भने ग्राहकहरू आफूलाई आवश्यक फूल छनोट गर्दै खरिद गरिरहेका छन्।तिहारको रौनकसँगै कालीमाटी बजारमा फूलको किनबेचले चहलपहल थपिएको छ।

















