२०८३ कार्तिक २३ गते आईतबार

प्रेस युनियनको प्रशिक्षण विभागका कार्यक्रमः विशिष्टीकृत तालिम देखि अन्तरक्रिया श्रृखंलासम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १९
nakul_aryal_press_union

काठमाडौं- नेपाल प्रेस युनियनले प्रशिक्षण वर्ष २०८० अन्तर्गत विभिन्न प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ। युनियनको केन्द्रीय प्रशिक्षण विभागको प्रथम बैठकले केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारी एवं सदस्यका लागि संगठन, नेतृत्व विकास एवं क्षमता अभिवृद्धिको प्रशिक्षक प्रशिक्षणसहितका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रशिक्षण विभागका प्रमुख एवं युनियनका उपाध्यक्ष नकुल अर्यालको अध्यक्षतामा बसेको बैठकले माघ पहिलो साता ५ दिने विशिष्टीकृत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको छ। त्यस्तै युनियनको केन्द्रीय कार्यालयमा साप्ताहिक रुपमा प्रशिक्षणात्मक अन्तरक्रिया श्रृखंला सञ्चालन गर्ने निर्णय भएको विभागका प्रमुख अर्यालले जानकारी दिए।

‘केन्द्रीय समिति र प्रदेश समितिलाई संगठन, नेतृत्व विकास र क्षमता अभिवृद्धिबारे विशेष प्रशिक्षण दिनेछौं। क्रियाशील पत्रकारहरुका लागि ५ दिने विशिष्टीकृत तालिम तत्काल सञ्चालन गर्छौ भने साप्ताहिक रुपमा युनियन केन्द्रीय कार्यालयमा प्रशिक्षणात्मक अन्तरक्रिया आयोजना हुनेछ’, अर्यालले भने।

विभागले घोषणा गरेका कार्यक्रमहरुले नेपाल प्रेस युनियनले घोषणा गरेको प्रशिक्षण वर्ष सफल पार्न र लोकतन्त्रवादी पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने अर्यालको भनाई छ। प्रशिक्षण कार्यक्रमहरु युनियनको प्रदेश समिति र शाखासँग समन्वय गरेर नियमित सञ्चालन गरिनेछ।

बैठकमा उपस्थित युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले युनियन आवद्ध देशभरका पत्रकारले क्षमता अभिवृद्धिको अवसर पाउनेगरी कार्यक्रम सञ्चालन गर्न विभागलाई निर्देशन दिए। युनियनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षण, सूचनाको हक प्रबर्धन, सुशासन एवं पारदर्शिता तथा लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गर्न प्रशिक्षण कार्यक्रमहरु सफल हुने विश्वास लिएको छ।

प्रशिक्षण विभागले स्थानीय आवश्यकता अनुसारको प्रशिक्षण कार्यक्रमको खाका बनाउन सबै शाखासँग अन्तरक्रिया र सुझाव संकलन गर्ने निर्णयसमेत गरेको छ। जिल्ला शाखाहरुससँगको समन्वयमा हरेक शाखामा कम्तीमा १ प्रशिक्षण सञ्चालन गर्ने निर्णय विभागले गरेको छ।

युनियनको प्रशिक्षण विभागमा वरिष्ठ पत्रकारहरु प्रकाश रिमाल, शालिक सुवेदी, शिरोमणि ढुंगाना, मनोज जोशी, उपमहासचिव रवीन्द्र सुवेदी, सचिव खगेन्द्र भण्डारी र केन्द्रीय  सदस्य सविना पौडेल रहेकी छिन्।

प्रकाशित: २०८० पुस १९ गते बिहिबार ०४:१३
प्रतिक्रिया

थप समाचार

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना