काठमाडौं- संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विरुद्ध प्रहरीमा जाहेरी परेको छ। धार्मिक भावनामा आँच पुर्याएको भन्दै किराती विरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको हो। काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन्।
उनको जाहेरीमा पुस पहिलो साता किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्याएको दाबी गरिएको छ। जाहेरीमा किरातीलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउन माग गरिएको छ।


