काठमाडौं- सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक लगाएको छ।
रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिक रुसी सेनामा भर्ना भएको र केही युवाको मृत्युसमेत भइसकेको भन्दै श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
अर्को सूचना नआएसम्मका लागि श्रम स्वीकृति दिन स्थगन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।
‘रुसी सेनामा गएर नेपालीहरुकाे मृत्यु भएको खबर आइरहेको छ,’ उनले भने, ‘यस विषयमा अध्ययन तथा छानबिन पनि भइरहेकाले हाललाई श्रम स्वीकृति रोकेका छौं।’
हालसम्म रुसी सेनमा गएर ९ जना नेपालीको मृत्यु भएको छ भने रुसी सेनामा भर्ना भएका ४ जना नेपाली युक्रेनी सेनाको कब्जामा छन्।


