काठमाडौं- प्रहरीले राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाईपक्राउ गरेको छ। बिहीबार राति भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो।
भट्टविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको तथा आपराधिक विश्वासघात गरेको आरोप लागेको छ। प्रहरीका अनुसार टुटलका लगानीकर्ताहरुबीचकाे विवाद छ। सोही कारण भट्ट पक्राउ परेका हुन्।


