काठमाडौं- प्रहरीले चलाएको गोली लागेर सर्लाहीमा एक जना गम्भीर घाइते भएका छन्।
बरहथवा नगरपालिकामा बनाउन लागिएको ५० शैयाको अस्पतालको विषयमा विवादका कारण स्थानीयले प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा बरथवा–६ का जयशंकर साह गम्भीर घाइते भएका हुन्। उनको टाउकोमा गोली लागेको छ।
प्रहरीले भने स्थिति तनाबग्रस्त भएपछि हवाइ फायर र अश्रुग्यास प्रहार मात्र गरेको बताएको छ।


