२०८३ कार्तिक २३ गते आईतबार

ज्येष्ठ नागरिकको एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २१
sdhfdh

टीकापुर (कैलाली)- कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ। समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ।

वृद्ध सेवा समितिमा हरेक दिन दिउँसो धार्मिक र सांस्कृतिक कार्यक्रम हुने गरेको समितिका अध्यक्ष मुक्तिनाथ रेग्मीले जानकारी दिए।

‘घरमा एक्लो हुँदा अधिकांश ज्येष्ठ नागरिक दिक्क भएका छन्। उनीहरूसँग बोलिदिने व्यक्ति छैन’, उनी भन्छन्, ‘सन्तानको समय नपाएका ज्येष्ठ नागरिकलाई हामीले १० दिन भए पनि मनोरञ्जनसहित ज्ञान सिकाउने अवसर जुटाएका छाैं।’

योग प्रशिक्षक टीकाराम आर्य ज्येष्ठ नागरिक एक्ला हुँदा मनमा अनेकथरि कुरा खेल्ने भएकाले मन शान्तिका लागि योग र ध्यानमा जोडिन आवश्यक रहेको बताउँछन्।

‘बालबालिका मोबाइल र कापी किताबमा व्यस्त रहन्छन्, युवा अधिकांश विदेश छन्, ज्येष्ठ नागरिकसँग बोल्ने कोही छैन’, आर्य भन्छन्, ‘ज्येष्ठ नागरिक घरको काम गर्ने तथा घर स्याहार्ने जिम्मेवारीमा छन्। यस्तो बेला उनीहरुलाई मानसिक तनाव हुन थालेको छ।’

योग प्रशिक्षक आर्यले उनीहरुलाई मनोरञ्जन सहितको वातावरण आवश्यक पर्ने बताए।

वृद्ध सेवा समितिका सचिव लोकराज रेग्मीले ज्येष्ठ नागरिक ज्ञानका भण्डार भए पनि उनीहरुमा भएको सीप र ज्ञानको सदुपयोग हुन नसकेको बताए। ‘ज्येष्ठ नागरिकबाट सन्तानले धेरै कुरा लिएका हुन्छन्। ज्येष्ठ नागरिकको उमेर ढल्कदै जाँदा बच्चाजस्तै स्याहार सुसार र पालन पोषणमा ध्यान दिनुपर्ने हुन्छ तर सन्तानले त्यसो गर्न सकिरहेका देखिँदैन’, उनी भन्छन्, ‘सन्तानले आफ्नो भविष्यकै बढी चिन्ता गर्दा उनीहरुले स्याहार नपाएको अवस्था छ।’

बुढेसकालमा पनि सन्तानकै चिन्ता

ज्येष्ठ नागरिक बुढेसकालमा पनि सन्तानकै बारेमा बढी चिन्ता गर्छन्। जो कोहीलाई लाग्न सक्छ कि वयस्क मानिस जसले बालबच्चा हुर्काइरहेको छ, जसले घर सम्हाल्नुपर्छ उसलाई बढी चिन्ता होला तर त्यसो हुँदैन। जवान मानिसलाई मात्र होइन ज्येष्ठ नागरिकलाई पनि त्यतिकै चिन्ता लाग्छ।

टीकापुरकी विन्द्रा न्यौपानेलाई आफ्नोभन्दा छोराछोरीको पीरले बढी सताउँछ। ‘छोराहरु रोजगारीका लागि भारतमा छन्। मलाई मेरो समस्याभन्दा उनीहरूकै पीरले सताएको छ’, उनी भन्छन्, ‘बुढेसकालमा दुःख पाइन्छ कि भन्ने पीर पनि छ।’

टीकापुरकी उर्मिला अधिकारीलाई पनि बालबच्चाकै चिन्ता छ। ‘सन्तानसँगै भएमा सबै पीर हराउँछ’, उनी भन्छिन्, ‘छोराछोरी टाढा छन्। अरू दुःखभन्दा मर्नेबेला सन्तान मुखनिर छैनन् भन्ने कुरा मनमा खेल्छ।’

अर्की ज्येष्ठ नागरिक धना रावललाई निन्द्रा नलाग्ने समस्या छ। उमेर ढल्कदै छ। उ‍नलाई विभिन्न स्वास्थ्य समस्याले पनि सताएको छ। ‘घरमा बुढाबुढी मात्र छौं, सबै काम आफैं गर्नुपर्छ’, उनी भन्छिन्, ‘आँखा देख्दिनँ, ढाड दुख्ने समस्या छ। यस्तो बेलामा निन्द्रा नलाग्ने समस्याले सताएको छ। मनमा अनेकथरि कुरा खेल्छन्।’

नन्दकला न्यौपानेलाई जीवनभरि दुःखले झेल्यो। उनका श्रीमान बेपत्ता भएको १५ वर्ष भयो। उनलाई बुढेसकाल लाग्दै गर्दा काम गर्न नसक्दा थप समस्या भएको छ। ‘जवान हुँदा पनि निकै दुःख पाइयो, अर्काको घरमा काम गरेर बालबच्चा स्याहारें’, उनी भन्छिन्, ‘अहिले पनि उस्तै दुःख छ। छोरा कमाउने भएको छैन। छोरा व्यवस्थित हुन सकेको भए मन शान्त हुने थियो।’

ज्येष्ठ नागरिकमा पनि पुरुषको तुलनामा महिला बढी समस्या भोगिरहेका हुन्छन्। एक्लोपन महसुस गर्ने ज्येष्ठ नागरिकका लागि टीकापुर नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने गरेको छ। महिला बालबालिका शाखा प्रमुख संगीता शाह पालिकाले दिवा सेवा कार्यक्रममार्फत उनीहरूको एक्लोपन मेटाउन खोजेको बताइन्।

प्रकाशित: २०८० पुस २१ गते शनिवार ०८:१०
प्रतिक्रिया

थप समाचार

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना