काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसहित ७ जना पक्राउ परेका छन्। निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै डा केसीसहितलाई पक्राउ गरिएको हो। माइतीघरबाट डा केसीसहित ७ जनालाई पक्राउ गरिएको डा केसीको अभियानमा सक्रिय प्रीतम सुवेदीले बताए।
शनिबार दिउँसो १२ बजे माइती घरमण्डलामा दबाबमूलक र्याली आयोजना गर्ने तयारी गरिरहेका बेला डा केसीसहितलाई पक्राउ गरिएको सुवेदीको भनाइ छ।
सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउनुपर्ने, भेला भएर प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकारमाथिको बन्देज हटाउनुपर्ने, सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गर्नपर्ने डा केसीको माग छ। एकीकृत प्रतिष्ठान ऐन जारी गर्न पर्ने, औषधि उपचार नि:शुल्क गर्नपर्ने डा केसीका माग छन्।


