२०८३ कार्तिक २३ गते आईतबार

भजनी स्थित ऐतिहासिक पुरैनाताल स्थानीयवासीको अतिक्रमणमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २२
puraina tal

भजनी (कैलाली)- कैलालीको भजनी नगरपालिका ७ स्थित ऐतिहासिक पुरैनाताल सङ्कटमा पर्दै गएको छ। पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ।

तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’मा सुरक्षित राखेका प्रकृति संरक्षणकर्मी विजयराज श्रेष्ठले पुरैनाताल सुदूरपश्चिमकै ऐतिहासिक ताल रहेको बताए। उनले कुनै समय ताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुरैनाताल पुग्ने गरे पनि अस्तित्व सङ्कटमा परेपछि तालको इतिहास नै हराउने अवस्थामा पुगेको बताए। ‘यहाँ बाहै्र महिना सारस पाइन्थ्यो, अन्य प्रजातिका चराले तालको महत्वलाई अझै ऐतिहासिक बनाएको थियो’, उनले भने, ‘त्यो अवस्थामा देखेको तालको आज अस्तित्व खोज्नुपर्ने बेला आएको छ।’

करिब पाँच सय बिघा क्षेत्रफलमा फैलिएको तालमा माछा, घडियाल, गोही लोपोन्मुख जलचर जनावर उदसमेत त्यस तालमा पाइन्थ्यो। जलचर जीव पाइने भएकै कारण त्यहाँ चराको सङ्ख्यामा कहिल्यै कमी आउँदैनथ्यो। ‘अझै अतिक्रमणमा परेको जग्गा खाली गराएर ताललाई पुनःजीवन दिन सकिने स्थिति छ’, उनले भने, ‘त्यसलाई पुरानै अवस्थाका फर्काउन सक्यो भने भजनीको मात्रै नभई सिङ्गो सुदूरपश्चिममै पर्यटकका लागि राम्रो गन्तव्य बन्न सक्छ।’

बाह्रै महिना विभिन्न प्रजातिका चरा पाउने उक्त ताल पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण भए पनि २०६४÷०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले पुरिएको थियो। ताल पुरिएपछि आसपासमा जग्गा भएका जग्गाधनीले ताल अतिक्रमण गर्दै उपभोग गर्न थालेका बताइएको छ। स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनःजीवन दिन धेरै प्रयास भएका छन्। नगरपालिकाले यसभन्दा पहिले तालको जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो। सूचनाको म्याद सकिए पनि अतिक्रमणमा परेको जग्गा भने खाली हुनसकेको छैन।

ताललाई पुनःसंरक्षण गरेर पुरानै अवस्थामा फर्काउँदा भजनी क्षेत्रको सम्भावना बढ्ने स्थानीय वीरबहादुर हमालले बताए। ‘स्थानीय सरकारले चासोका साथ काम गर्न सक्यो भने स्थानीयलाई जग्गा छोड्न गाह्रो छैन। बरु उहाँहरूलाई जनचेतना फैलाउनुपर्ला’, उनले भने, ‘भजनीको ऐतिहासिक महत्व बोकेको पुरैनामात्रै नभई अन्य तालको पनि संरक्षण आवश्यक देखिएको छ।’

अतिक्रमणमा परेको तालको जग्गा खाली गराउन कुनै समस्या नरहेको वडा नं ७ का वडाध्यक्ष अमर कठरियाले बताए । उनका अनुसार तालको उत्खननका लागि आवश्यक बजेट अभावका कारण ताललाई पुरानै अवस्थामा फर्काउन सकिएको छैन। ‘स्थानीय जग्गा छाड्न तयार छन्। बर्सेनि बाली लगाउँदा उहाँहरू नगरपालिकालाई पर्खेर अन्तिममा बाली लगाउँछन्’, उनले भने, ‘समस्या बजेटको हो, बजेट भयो भने ताललाई पुनःजीवन दिन कुनै समस्या छैन।’ उनले तालको जग्गा अतिक्रमण गर्ने ब्यक्ति त्यस आसपासका भएको जनाउँदै स्थानीयका कारण तालको संरक्षणमा समस्या भएको भन्नू गलत भएको बताए।

विसं २०३६ को नापीले त्यस क्षेत्रमा ६० घरधुरीले प्रतिघरधुरी आठ कठ्ठाका दरले जग्गा प्राप्त गरेका थिए। आज तिनै व्यक्तिबाट त्यो ताल अतिक्रमणमा परेको वडाध्यक्ष कठरियाको भनाइ छ। त्यसबेलाको भूमि आयोगले सुकुम्बासीलाई उपलब्ध गराएको जग्गाको पनि हालसम्म धनीपुर्जा छैन। उनीहरूले भोगचलन भने गर्दै आएका छन्। ताल निर्माणका लागि केही वर्ष पहिले तराई भूपरिधि कार्यक्रमले चासो दिएको भए पनि त्यो सफल नभएको वडाध्यक्ष कठरियाको भनाइ छ। पुरैना तालसँग जोडिएको बञ्जरिया ताल रहेको छ। यो तालले नेपाल–भारत सीमाको काम गरेको छ। ताल भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले त्यसलाई फरकरूपमा हेर्ने गरिएको स्थानीय खोजराम चौधरी बताउँछन्।

तालको उत्खनन गरेर मानव निर्मित ताल निर्माणका लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख केवल चौधरी बताए। उनका अनुसार ताल क्षेत्रको नापजाँचको काम सुरु गर्ने तयारीमा नगरपालिका छ। ‘हामीले जसरी पनि पुरैनातालको अस्तित्व जोगाउनुपर्छ भनेर लागेका छौँ त्यसमा हामी सफल हुन्छौँ’, उनले भने, ‘अब समस्या बजेटको छ। प्रदेश र सङ्घ सरकारले सहयोग गर्न सक्यो भने पुरैनाताललाई पुनःजीवन दिन समय लाग्ने छैन।’ उनका अनुसार तालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) नगरपालिकाले बनाइसकेको छ।

उसो त भजनी नगरपालिकाको आन्तरिक स्रोतको प्रमुख आधार नै तालतलैया हुन। नगरपालिका क्षेत्रभित्र करिब २५ देखि ३० तालतलैया छन्। बर्सेनि नगरपालिकाले ती ताल ठेक्कामा दिने गरेको छ। ठेक्काबाट आएको रकमले नगरपालिकाको आन्तरिक स्रोत चल्छ। ठेकेदारले माछापालनका लागि ताल ठेक्कामा लिने गरेका छन्। नगरपालिकाले नदी तथा तालबाट चार करोडभन्दा बढी रकम ठेकेदारबाट उठाउनै बाँकी छ। विसं २०७४ पछि नगरपालिकाले विभिन्न समयमा ठेक्कामार्फत सञ्चालन गर्न जिम्मा दिएका तालतलैयाको बक्यौता रकम तिर्नका लागि पटकपटक लिखित तथा मौलिक आग्रह गर्दा पनि राजनीतिक आडमा ठेकेदारले कबोल गरेको रकम नतिरेको गुनासो नगरप्रमुख चौधरीले गरे।

प्रकाशित: २०८० पुस २२ गते आईतबार ०६:४९
प्रतिक्रिया

थप समाचार

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना