काठमाडौँ- आरती साहका लागि न्यायको माग गरी दबाबमूलक कार्यक्रम थालेको २०७औँ दिन पुगेको छ।
सोमबार साहका आफन्तहरू राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन जाँदा धरपकडमा परेका छन्।
साहका आफन्तसँगै समर्थनमा आएका प्रदर्शनकारीले मानव अधिकार पत्र च्यातेर विरोध गरेका थिए।
यसपछि मानव अधिकार आयोगको भवन अगाडि विरोध प्रदर्शन गेरे। प्रदर्शन गर्ने क्रममा आरतीका भाईसँगै तीन जना प्रदर्शनकारी पक्राउ परेका थिए।












