काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको भन्सार चेकिङ क्षेत्रमा एक्सरे मेसिन दुई थप गरिएको छ।
यसअघि दुई ‘एक्स-रे’ मेसिन रहेकोमा अहिले चार वटा पुर्याइएको हो।
प्रतिदिन १४ हजार यात्रुको आवागमन हुने विमानस्थलमा ‘एक्स-रे’ मेसिनसामु अव्यवस्थित भीडभाड हुन थालेपछि थप एक्सरे मेसिन जडान गरिएको हो।
भिडका कारण लामो समय कुरेर बस्नुपर्ने गुनासो धेरै आउने गरेकोले क्यानसँग समन्वयन गरी विमानस्थलको भन्सार चेकिङ स्थल विस्तार गरिएको हो।
विदेशी पर्यटकलाई सबै कुरा बुझ्न सहयोग पुर्याउने उद्देश्यले भन्सारमा न्याथम कलेजसँग समन्वयन गरी हस्पिटालिटी म्यानेजमेन्ट पढेका विद्यार्थी खटाइएको छ।
अप्ठारो र बिरामी यात्रुहरुको सहजको लागि सोफाको व्यवस्था छ।
नेपाली, भारतीय र विदेशी नागरिकलाई छुट्टैलाइन र महिलाका लागि पनि छुट्टै लाइनको व्यवस्था गरिएको छ।

















तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी


