काठमाडाैँ- दाङमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा खसेको थियो।
दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्ल जानकारी दिए। घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरएको छ।
दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो।


